महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश,छलफलका लागि दुबै पक्षलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

दलको आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै एकीकरण हुँदा बखत सनाखत गरेका सदस्यलाई साउन ११ मा बोलाएको थियो । त्यसविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च गएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: