शुक्रबार, बैशाख ०७, २०८१

नेफ़िन जापानले पूर्वको एक बिद्यालयलाई पचास हजार सहयोग

झापा । भुकम्पबाट क्षेतिग्रस्त पूर्बी नेपालको एक बिद्यालयलाई पुनर्निर्माण तथा व्याबहारिक गुणस्तरीय शिक्षा प्रदानको निम्ती नेपाल आदिवासी जनजाती महासंघ जापानबाट आर्थिक सहयोग गरेको छ ।
जनजाति महासंघ जापानले तेह्रथुम जिल्लाको पल्लो किरात लिम्बुवानमा अवस्थित श्री रन्दल आधारभुत बिद्यालयलाई पचास हजार आर्थिक प्रदान गरिएको छ ।
बिद्यालयको २५ औ स्वर्ण महोत्सबको अवसरमा उक्त रकम नेफ़िन जापानका सचिब देवीबहादुर इङ्नामबाट प्रदान गरिएको हो ।
सो बिद्यालयले सस्थाको सहयोग तथा योगदानको लागि सम्मान स्वरूप श्री रन्दल आधारभुत बिद्यालयबाट दोसल्ला मेडल प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो ।

जनजाति महासंघ जापानले ५ लाख भन्दा बढ़ी आर्थिक सहयोग नेपालको बिभिन्न सामाजिक क्षेत्रमा गरिसकेको छ ।