शुक्रबार, चैत १६, २०८०

आफू ढलेको नभई एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको हुँ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष्य भीम रावलले आफू ढलेको नभइ एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो एक कार्यक्रममा गठबन्धनमा रावलप्रति लक्षित गर्दै ‘ राम्रोसँग उभिएका साथी नपत्याउदो ढंगले ढलेको’ आरोप लगाउनुभएको थियो ।
रावलले गए राती एक विज्ञप्ती जारी गर्दै देउवालाई प्रधानमन्त्री बनाउने कुरा सम्म आफ्नो समर्थन रहेको तर त्यसपछिका गतिविधीमा आफूलाई गठबनधनबाटै छेकबार भएको उल्लेख गर्नुभएको छ । ‘एमसीसी,लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका बिषयमा प्रम देउवासँग कुरा गर्न नदिइ राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधी र गठबन्धन संस्कृति हो ?’ रावलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
रावलले दाहाललाई सोध्नु भएको छ ‘हामीले संसद पद मात्र होइन राजनीतिक भविष्य नै दाउमा राखेर प्रतनिधिसभाको पुन स्थापना गर्न योगदान गरेको बताएका छन् ।