शुक्रबार, चैत १६, २०८०

लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी संचालन गर्न यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

शुक्रबार सूचना जारी गरी कार्यालयले सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी सवारीसाधन संचालनको व्यवस्था गर्न व्यवसायीलाई अनुरोध गरेको हो ।

त्यस्तै कार्यालयले यात्रुलाई टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले साउन ५ गते सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मध्यम तथा लामो दुरीका सार्वजनिक सावारीसाधन चलाउन सहजिकरण गर्न परिपत्र गरेको थियो ।

गृह मन्त्रालयको परिपत्रअनुसार नै मध्य तथा लामो दुरीका सार्वजनिक सवारी चलाउन जिल्लाहरुले यातायात व्यवसायीलाई अनुरोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले लिने परिक्षाको मिति सार्वजनिक गरेकाले परीक्षार्थीलाई असहज नहोस् भन्दै सवारी संचालन गर्न दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।