२२ सांसदलाई एमाले अध्यक्ष ओलीले सोधे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । साउन पाँच  गतेको मिति राखेर एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टीकरण सोधेका हुन् ।

आइतबार संसदमा भएको विश्वासको मतका क्रममा माधव नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए । पत्रमा पार्टीबाट निस्कासन गर्नु नपर्ने कुनै कारण भए २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: