शुक्रबार, चैत १६, २०८०

एनआरएनए आईसीसी सदस्यमा श्रवन सत्यालको दावी, सवलीकरणमा जोड्

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद सदस्य पदमा जापानबाट श्रवनकुमार सत्यालले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।
जापानमा ब्यवसायीमा उदाउँदै गरेका ऊर्जाशिल युवा सत्यालले आगामी कार्यकाल २०२१-०२३ को लागि एनआरएनए आईसीसी सदस्यमा उम्मेद्धारी घोषणा गर्नु भएको हो ।
जापानको टोकियो, ओसाका शहरमा जापानिज तथा नेपाली रेष्टुरेण्ट संचालन गर्दै आउनु भएका सत्यालले सुढृढिकरण, शुद्धिकरण र सवलीकरण सहितको स्मार्ट एनआरएनएको नारा दिएर मैदानमा उत्रिएका हुन ।
जापानमा विभिन्न संघसंस्थामा क्रियाशिल सत्याल नेपाल पत्रकार महासंघ जापानको पूर्व कोषाध्याक्ष समेत हुन ।

यस्तो छ श्रवनकुमार सत्यालले उम्मेद्धारी घोषणाको प्रतिबद्धता
मेरा आदरणीय व्यक्तित्व ज्यूहरू तथा मलाई माया गर्ने प्रिय साथीहरू म यो कुरा राख्न पाउदा साह्रै गौरवान्वित ठानेको छु ।
यहाँहरूले देखाउनु भएको बाटोमा परदेशको भूमिमा एनआरएनएको अभियानमा जोडिन पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ।
एनआरएनए जापानको स्थापना कालदेखि नै यस अभियानमा आफूलाई निरन्तर समर्पित गर्दै आइरहेको छु । कहिले अभियानको टिममै बसेर त कहिले बाहिर रहेर आफूसक्दो रचनात्मक योगदान पुर्याइरहेको छु ।
आफूले स्थापना कालदेखी नै मलजल गर्दै उकेरा लगाउदै बनिरहेको घरको रूपमा इटा थप गर्दै निर्माण गरेको यस नेपाली समुदायको आशाको केन्द्रका रुपमा रहेको यस संस्थाप्रति अगाद माया प्रेम सत्भाबका साथमा गर्व पनि छ ।
संस्था गठनको चरणबाट संगठन हुदै विकास र संस्थागत रुपमा विकसित हुदै जानु हरेक संस्थाका आधारभूत मान्यता हुन । तदर्थ यो परदेशमा रहेका नेपालीहरुको आस्थाको धरोहर रहेको एनआरएनए जापनलाइ मजवुत बनाउदै समयक्रम संगै सुधार गर्दै जानुपर्ने आजको खाँचो हो ।
आफूले रोपेको विरुवा झाँगिदै गई फल प्रदान गरेको देख्दा त्यसको छहारीमा शितलता प्राप्त गर्न खोज्नु अत्युक्ति हो जस्तो लाग्दैन ।
यसै विषयलाई ध्यानमा राखेर आफूले स्थापनाका बखत गरेको मेहनतमा अझ समृद्ध, विकसित गराउने अभियानमा थप योगदान प्रदान गर्न सकु भन्ने पवित्र मनसायका साथ सामाजिक सेवाका क्षेत्रमा परदेशमा बचेको समय र आफ्नो योग्यता र क्षमता उपयोग गर्नका लागि फेरि पनि एनआरएनएको अभियानलाई निरन्तरता दिनका लागि अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकाल २०२१-२३ का लागि आईसिसि सदस्यको रुपमा रहेर नेपाली समुदायसँग हातेमालो गर्न चाहेको कुरा राख्न चाहन्छु ।

श्रवनकुमार सत्याल
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) सदस्य पदको उम्मेद्धार