बिहिबार, चैत १५, २०८०

नेपाललाई चाँडो खोप उपलब्ध गराउने मोदीको आश्वासन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख कोभिसिल्ड खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुबीच द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि कुराकानी भएको बताइएको छ । कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै कोभिड–१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएका छन् ।

भारतले नेपाललाई १० लाख डोज खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन । यसअघि संसदमा विश्वासको मत लिएपछि मोदीले आइतबार राति देउवालाई ट्वीटमार्फत बधाई दिएका थिए ।