बिहिबार, बैशाख ०६, २०८१

कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, १२५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ । क्वारेन्टाइनमा ३०४ जना छन् भने आइसोलेसनमा २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।