शनिबार, बैशाख ०८, २०८१

युथ अवार्डबाट नेपाली युवा जिज्ञानकुमार थापा सम्मानित

जापान,१० फागुन । डेभलपमेन्ट एसोसियशन फर युथ लिडर्स नामक संस्थाले जापानमा रहेर सामाजिक काममा योगदान गरे वापत आठौ नेशनल युथ अवार्डबाट पहिलो पटक नेपाली युवा जिज्ञानकुमार थापालाई सम्मान गरेको छ ।
आठौ पटक आयोजना गरिसकिएको सो अवार्ड पहिलो पटक विदेशीले पाएका हुन् । ‘युथ लिडर अवार्ड’ नाम दिइएको सो पुरस्कार जापानलाई अन्तर्राष्ट्रियकरण गर्न तथा गैरसरकारी संस्था मार्फत सामाजिक कार्यमा योगदान दिएको भन्दै मंगलबार एक समारोहकाबीच थापालाई प्रदान गरियो। थापासंगै अन्य चार जना जापानी नागरिकलाई समेत एकै समारोहमा सम्मान गरिएको थियो ।
भूकम्प प्रभावित नेपाली बालवालिकाको शिक्षा सहयोगका लागि ‘तामागो’ लगायतका विभिन्न सामाजिक कार्यक्रम गरि नेपाल र जापानको सम्वन्ध मजबुत गर्न सहयोगि जिज्ञानकुमारलाई आज सम्मानित गर्छौ भन्दा सहभागि सयौं जापानीहरूले तालीले हल गुन्जाएका थिए।
सम्मानित थापाले समारोहमा सम्वोधन गर्दै ‘सामान्य नागरिकले जस्तै सामाजिक उत्तरदायित्व निभाए वापत पाएको सम्मानले थप उर्जा मिलेको’ बताए। थापाले भने, ‘बालवालिकाको शिक्षा उपयोगि कामको शुरूवात मात्र हो अझ धेरै काम गर्न ठूलो प्रोत्साहन मिलेको छ ।
कार्यक्रममा जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट लगायतले थापालाई शुभकामना दिनु भएको थियो