शुक्रबार, चैत १६, २०८०

एनआरएनए जापान क्युस्युले खुल्ला निबन्ध प्रतियोगिता गर्ने,प्रथम हुनेलाई ७६ हजार पुरस्कार

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रीय समितिको आयोजनामा जापान ब्यापी नेपाली भाषामा खुल्ला निबन्ध प्रतियोगिता हुने भएकोछ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली भाषामा खुल्ला निबन्ध प्रतियोगिता हुन लागेको हो । उक्त निबन्ध प्रतियोगितामा सहभागी हुन इच्छुक जापान व्यक्तिले यहि जुलाई १६ तारिख देखी अगष्ट १० तारिख सम्ममा आवेदन दिनुपर्ने आयोजक एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले जनाएको छ । “मैले चिनेको र चाहेको एनआरएनए” शिर्षकमा नेपाली भाषामा लिखित निबन्ध र आफ्नो सम्पर्क नम्बर समावेश गरी आवेदन सहभागिताको लागि एनआरएनए क्युस्युको ईमेल ठेगाना nrnakyushu2019@gmail.com मा पठाउन सकिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय,तृतीय र सान्त्वना पुरस्कार क्रमस: ७५ हजार येन, ४५ हजार येन,२० हजार येन र १० येन पुरस्कार प्राप्त गर्ने जनाएको छ ।