मङ्गलबार, बैशाख ११, २०८१

टी-ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी,अष्ट्रेलिया १६ रनले पराजित

घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज ४(१ ले जितेको छ ।

वेस्ट इन्डिजले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३४ तथा मिचेल मार्सले ३० रन बनाए । म्याथ्यु वेडले २६ रन जोड्दा मोइसेस हेन्रिक्स २१ रनमा आउट भए ।

जोस हाजलउडले १३ रनमा अविजित रहदा मिचेल स्विपसन १४ रनमा अविजित रहे । वेस्ट इन्डिजका आन्द्रे रसेल र शेल्डन कोट्रेलले ३र३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि इभिन लेविसले ७९ रनको अर्धशतकीय इनिङस खेले । कप्तान निकोलस पुरनले ३१ रन जोड्दा क्रिस गेल र लेन्डल सिमोन्सले समान २१ रन बनाए । बलिङमा अष्ट्रेलियाका एन्ड्रयु टेले ३ विकेट लिए । मिचेल मार्स र एडम जाम्पाले २/२ विकेट लिए ।