शुक्रबार, चैत १६, २०८०

एनआरएनए जापानको केन्द्रीय सदस्यमा बिनय गुरुङको उम्मेद्वारी

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी कार्यकालका लागि बिनय गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानको आगामी कार्यकाल सन २०२१-०२३ का लागि गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

विद्यार्थीको रूपमा जापानमा आएका गुरुङ हाल जापानी कम्पनीमा कार्यरत छन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तोको सचिब, तमु धीं जापानको कार्यसमिति सदस्य तथा दोलखा समाज जापानका सदस्य  बिनय गुरुङ नेपालमा रहदा विद्यार्थीहरुको हकहित तथा अधिकार र विभिन्न सामाजिक संघ-संस्थामा तथा संचारकर्ममा समेत आवद्ध रहेर सामाजिक कार्य गरेको अनुभव साथै जापानमा पनि त्यसै कार्यको निरन्तरताका साथ विभिन्न क्षेत्र तथा संघ संस्था र समाजमा आवद्ध भई निरन्तर सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।

यसका अलवा एनआरएनए जापानमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रमहरूमा सहभागी भई जोडिदै आएका छन् ।

गुरुङले उम्मेदवारी यसरी प्रस्तुत गरेका छन ।

नमस्कार 

सम्पूर्ण जापानवासी नेपाली अग्रज ज्यूहरु, विभिन्न संघसंस्था तथा समाजमा आवद्ध रहनु भएका सम्मानित व्यक्तित्वहरू, क्षेत्र, समुदाय, अध्ययनरत विद्यार्थी र विभिन्न पेशा तथा व्यवसायी अँगाल्दै आउनु भएका महानुभावहरु सम्पूर्ण जापानवासी नेपाली दाजु भाई तथा दिदि बहिनीहरू प्रति पुनः नमस्कार तथा नमन व्यक्त गर्न चाहन्छु ।

तपाई हामी सबैलाई सर्व वितितै छ । हाल गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० जापानको चुनावी माहोल शूरू हुदै गर्दा यस भित्रका विभिन्न विसंगति लगायत विशेष गरी आर्थिक हिनामिना सँग जोडिएका धेरै समस्याहरुको बारेमा जताततै यसका बाछिट्टाहरू छरपष्ट छरिएका छन् र छराएका छन् ।

तसर्थ यि कुराहरू बारे अध्ययन गरेर सत्य तथ्य कुरा के हो रु त्यसको आधिकारिक निष्कर्ष सहित जनमानस सामु उपस्थित हुने हेतुका साथै जुन किसिमको नकारात्मक सन्देश जनमानसमा प्रवाह भएको छ । यसलाई चिरफार गरी सकारात्मक सन्देश तथा निष्पक्ष पथ मार्गमा डोर्याएर नयाँ ढङ्गाले सुदृढ गरी अगाडी बढाउनका निमित्त मैले खेल्न सकिने अहम भूमिका र भ्रष्टाचार तथा विभिन्न आरोपमा मुछिएका जापानलाई पारदर्शिता,सक्रियता र शुद्धता तर्फ उन्मुख बनाउनको लागि मैले पनि यस पटक जापानको आगामी कार्यकाल -सन २०२१-०२३) का लागि १० औं राष्ट्रीय अधिवेशनमा सहभागिता जनाई सदस्य पदको लागि उम्मेदवारी दिई प्रत्यक्ष निर्वाचनमा भाग लिने निर्णय गरेको छु ।

नेपालमा रहदा विद्यार्थीहरुको हकहित र विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्य गरेको अनुभव साथै जापानमा पनि त्यसै कार्यको निरन्तरताका साथ विगत 2016  देखि विभिन्न क्षेत्र तथा संघ संस्था र समाजमा आवद्ध भई निरन्तर सामाजिक कार्यमा सक्रिय हुँदै आएको छु । साथै NRNA जापानमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रमहरूमा सहभागी भई जोडिदै आएको छु ।

तसर्थ गैरआवासीय नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ NRNA जापानको १०औं अधिवेशनमा यहाँहरुले आफ्नो अमूल्य मत दिएर विजय गराई ल्च्ल्ब् जापानको कार्यसमितिमा बसेर काम गर्ने मौका दिनु हुन्छ भन्ने कुरामा विश्वस्त हुदै हार्दिक अपिल सहित थप साथ सहयोगको पनि आशा तथा अपेक्षा व्यक्त गर्दछु ।

धन्यवाद !

बिनय गुरुङ 

केन्द्रीय सदस्य उम्मेद्वार

गैरआवासीय नेपाली संघ जापान 

दोलखा हाल योकोहमा जापान