राजनीतिक आग्रह र पूर्वाग्रहप्रति उत्प्रेरित नहुन सबैमा आग्रह गर्दछु : श्रेष्ठ

कैलाश खत्री,मंथली । प्रतिनिधिसभा सांसद तथा नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले आफ्नो चरित्र हत्या गर्न गलत हल्ला चलाइएको बताएका छन् ।

रामेछाप जिल्लाको विकासको लागि सक्दो प्रयास गरिरहेको बताउदै आफ्नो चरित्र हत्या गर्ने गरी हल्ला फैलाइएको बताएका हुन् ।

एक टेलिभिजनमा श्रेष्ठले रामेछाप नगरपालिका–४ स्थित रेणुकादेवी माध्यमिक विद्यालयमा विनियोजन गरेको योजनाबाट कमिसिन लिएको समाचार प्रकाशित गरेपछि नेता श्रेष्ठले उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बुधवार एक विज्ञप्ती जारी गर्दै नेता श्रेष्ठले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले उक्त समाचार सम्प्रेषण भएको भन्दै सञ्चारगृह र सम्बद्ध पक्षलाई गम्भीर हुन पनि आग्रह गरेका छन् ।

१३ वर्षको उमेरदेखि राजनीतिक रुपमा आवद्ध हुँदै भ्रष्टाचार शून्य सहनशीलताको जागरण गर्दै हिँडिरहेको अवस्थामा राजनीतिक आग्रह र पूर्वाग्रहप्रति उत्प्रेरित नहुन सबैमा आग्रह गर्दछु, विज्ञप्तीमा भनिएको छ ।

तारबारको लागि छुट्याइएको ४० लाख रुपैयाँबाट २२ लाख कमिसन लिएको आरोपसहित समाचार प्रकाशन तथा प्रसारण भएको थियो । तर, उनले आफूले उक्त, योजना माग र आवश्यकता बमोजिम स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि तथा परामर्श समिति र निर्देशक समितिबाट पास गराए विनियोजन गरेको बताए ।

आफ्नो एक मात्र चाहना रामेछापको उन्नती र प्रगति भएको भन्दै सांसद श्रेष्ठले उक्त योजनाबाट २२ लाख हैन आफूले २२ कप चिया पनि नखाएको बताएका छन् । उनले आफूले रामेछापमा गरेको कामको विवरण सबै रामेछापेली जनताले राखेको र आफूलाई पटक–पटक जिताए पठाएको पनि बताएका छन् । उनले उक्त योजनाको कार्यन्वयन स्थानीय तहले गर्ने भएकोले आफूले बजेट विनियोजन गर्न सहयोग मात्र गरेको बताएका छन् ।

विज्ञप्तीमा श्रेष्ठले भनेका छ–यस्तो कपोकल्पित र भ्रामक समाचारप्रति कुनै सत्यता नभएको भन्दै यस्तो सामाचारको विश्वास नगर्न पनि आम जनता तथा कार्यक्रर्तालाई आग्रह गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: