प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने पाँच दलीय गठबन्धनको निर्णय

काठमाडौँ । पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकले बिहीबारदेखि प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘ बैठकले प्रतिगमनविरुद्ध भोलिबाट जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेका छौं । भोलि विद्यार्थी संगठनहरूले प्रतिगमनविरुद्ध कार्यक्रम गर्छन् ।’ नेता श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गरिने बताए । गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । साथै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय पनि बैठकले गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: