शनिबार, बैशाख ०८, २०८१

सञ्‍चालनमा आए टुटल र पठाओ

काठमाडौँ — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा मंगलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि सञ्चालन भएका हुन् । उपत्यकामा लोकप्रिय राइड सेयरिङ सेवा पठाओ र टुटल दुवैले मंगलबारदेखि सेवा दिन थालेका छन् ।

झन्डै दुई महिनापछि सेवा दिन थाले पनि माग भने नगण्य रहेको टुटलका संस्थापक शिक्षित भट्टले बताए । ‘सेवा सुरु भए पनि सामान्य अवस्थाको तुलनामा माग १० प्रतिशतभन्दा पनि कम छ,’ उनले भने, ‘सबै क्षेत्र खुला नभई माग बढ्ने अवस्था छैन ।’