संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजदेखि निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न यसअघि लिखित आदेश गरेका थिए । विघटनविरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यले संसद विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

विघटन मुद्दाको सुनुवाइका लागी प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

निरन्तर सुनुवाई शुरु भएपछि ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: