बुधबार, बैशाख १२, २०८१

‘हर्के हल्दार’ टिमले यसरी गरे राहत वितरण

काठमाडौं । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ भन्ने एउटा भनाई रहेको छ । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन ।

कोरोना कहरकाबिच देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रामा खाद्यान्न अभावका कारण मजदुरहरु भोकभोकै हुन थालेपछि वर्षाका बाबजुत पनि सामाजिक अभियान्ताहरुले पिडितहरुको आँशु पुछ्ने काम गरेका छन् ।  निषेधाज्ञाले खाना मात्र पाएका थिएनन् तर बाढी पहिरोले त कतिको बस्ने बास नै छैन भने कतिले ज्यान गुमाएका छन् । पक्कै पनि अहिले सरकारले गर्नुपर्ने काम सामाजिक अभयन्ताहरुले गरेको देख्न सकिन्छ ।

यस्तैमा, समाजसेवी एवम् हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का निर्माता इन्द्र दोङ्ग लामा खम्बे र उनको सम्पूर्ण ‘हर्के हल्दार’ टिम यतिबेला दीनदुःखीको सहयोगमा  लागिपरेका छन् । कोभिड–१९ का कारण निम्तिएको निषेधाज्ञा लगायत अन्य जटिल परिस्थितिमा उनीहरुले धेरैजनाको भोक टारिदिन सफल भएका छन् । निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेदेखि अन्य असहायलाई कति बोरा चामल र अन्य आवश्यक खाद्य सामाग्री कति वितरण गरे भन्ने हिसाबै उनीहरुसँग छैन।

यसैगरी, आईतबार पनि कान्तिपुर टेलिभिजन बाट हरेक आइतबार बेलुकी ९ बजे प्रसारण हुने चर्चित हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का कलाकारद्वारा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छन्। निषेधाज्ञाका कारण छाक टार्न गाह्रो भएका असाहय, पिडित, दृष्टिबिहिन, अनाथ, एकल महिला, अशक्त अपाङ्ग तथा बिरामी र श्रमिक मजदुरहरुलाई बसुन्धारा ४९ र बौद्ध टुसालमा २२ जना परिवारलाई खाद्य सामाग्री वितरण गरिएको निर्माता लामाले बताए। यस्तै, तारकेश्वर नगरपालिका वडा नम्बर ७ मा अवस्थित नेपालको बाल बालिकाहरुका लागि ज्योति संस्थालाई पनि ५ बोरा चामल संस्थामै पुगेर वितरण गर्नुका साथै आगामी दिनमा पनि आवश्यक सामाग्री सहयोग गर्नेे उनले बताए ।

दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरको बर्तमानको निधाषेज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुँदा, यथेस्ट संचित खाधान्नहरुको अभाव भै चुल्हो बाल्न समस्या भएका कारण तत्काल राहतको आवस्यकता भएका अति बिपन्न मजदुरहरुको राहतको लागी आफुले सहयोग गरेको लामाले बताए ।

आफ्नो आजको अभियानमा विशेषगरी विराज पेन्ट्सबाट सहयोग प्राप्त भएको बताउँदै समाजसेवी लामाले अभियानमा सहयोग गर्ने बसुन्धारा निवासी समाजसेवी दिपक भण्डारी र सम्पूर्ण सहयोगी दाताहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण कलाकार मित्रहरूलाइ धन्यवाद व्यक्त गरेका छन् ।  निषेधाज्ञाका बेला बिचल्लीमा परेकालाई सहरका हुनेखाने भनाउँदाले नहेरेको देख्दा चित्त दुखेको उनी बताउँछन्।  ‘सहरमा धनीधनी मान्छे छन् तर उनीहरूको मन भने धेरै साँघुरो रहेछ। धनीले मन फुकाएर सहयोग गरेको भए निषेधाज्ञामा कोही भोको पर्दैनथे।’ मजदुरी गर्ने र विपन्नताले थलिएकाहरूको दुःख देखेपछि समाजसेवी लामाले पनि निषेधाज्ञा सुरु भएयता धेरै राहत बाँढिसकेका छन्। पछिल्लो समय सामाजिक कर्ममा उनको अग्रसरताले उल्लेखनीय उचाइ बनाएको छ।

पक्कै पनि हरेक क्षेत्रमा आ आफ्नै ठाउँमा विभिन्न बाधा व्यवधाधानहरु हुन्छ नै भएता पनि सबै समस्याको हल गर्दै आम नेपाली दर्शकहरुलाई मनोरन्जन दिएर कला जगत मा  प्रख्यात भईसकेका हर्के हलदार टिम अझै  समाज सेवामा उत्रनु भएको छ । यो धेरै खुसिको कुरा हो नेपाली जगतमा यस टिमको सधैं साथ र सहयोग पाई रहुन भन्ने आशा भावी दिनहरुमा पनि अपेक्षा राखेका छौं ।

सम समाहिक विषय बस्तुलाई व्यङ्गत्माक तबरबाट सामाजिक सद्भाव फैलाउँदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” को तर्फबाट गरिएको राहत वितरण कार्यक्रममा हास्यकलाकार तथा नेपालको पहिलो जादुगर महादेव त्रिपाठी,  वडाध्यक्ष दिपक के.सी. लगायत “हर्के हल्दार” को सम्पुर्ण कलाकारहरुको उपस्थिति रहेको थियो।

यस्तै, उनीहरुले प्राकृतिक बिपत्तिमा सबैले आफूले सकेको सहयोग गर्न पनि अनुरोध गरेका छन् ।  लामाले यसअघि पनि विभिन्न जिल्लामा गएर यस्तो सहयोग गर्दै आएका छन् । यसैबिच, आज “हर्के हल्दार” टिमकी कलाकार शान्ति बस्नेतको जन्मदिन पनि परेकाले केक काटेर सम्पूर्ण टिम मिलेर शुभकामना प्रदान गरेका थिए ।