शुक्रबार, चैत १६, २०८०

नागोयामा जुलाई ११ तारिख ठुलो धन राशिको फुटबल तुनामेन्ट हुने

निशान राना, नागोया जापान । नेपालीहरूको वाक्लो उपस्थिति रहेको जापानको नागोयामा एफ. सी धरानको आयोजनामा यही जुलाई ११ मा सेबेन ए साईड नकाउट फुटबल कप २०२१ हुने भएको छ ।
नागोयाको टोयोटा शहर स्थित तोकाई फुट्सलमा सन्चालन हुने उक्त खेलमा १६ टीम भन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको उक्त खेलमा जुलाई ४ सम्म टीम दर्ता गर्न सकिने छ ।
विजेताले ऊपाधि सहित २ लाख ५२ हजार ५ सय २५ जापानि येन र उप-विजेताले १ लाख ५१ हजार ५ सय १५ येन प्राप्त गर्नुका साथै अन्य बिभिन्न बिधामा पनि पुरुस्कारको ब्याबस्था गरिएको संयोजक सविन राईले वताऊनु भयो ।
फूटबलको माध्यमवाट जापनमा रहेका नेपाली खेलाडिहरू विचको भाईचारालाई थप प्रगाड वनाऊने हेतुले संवेदनशिलताका साथ आयोजना गरिएको”, कुरा एफ. सी धरानका अध्यक्ष योमन देवानले बताउनु भयो साथै खेल अखिल नेपाल फूटवल संघ (ANFA) संगको सहकार्यमा तथा राष्ट्रिय खेलाडि किरण चेम्जोड्, पूर्व राष्ट्रिय क्यापटेन विराट महर्जन, पूर्व खेलाडि तथा अखिल नेपाल कोच संघ ऊपाध्यक्ष सुमन श्रेष्ठ र अखिल नेपाल फूटवल संघ महानार्थ ऊपाध्यक्ष किशोर राईको सहोयगी भूमिकाले पनि खेल विशेष रहने कुरा पनि जोड्नु भयो ।

अखिल नेपाल फुटवल संघ (एन्फा) को विशेष सहयोग रहने यस खेललाई गोल नेपाल डट कम , हाम्रो खेलकुद डटकम र एफ सि धरानको पेजवाट प्रत्यक्ष प्रशारण गरिनेछ भने, मातृ सन्देश डट कम, नेपाल जापान डट कम, ट्रोल जापान र शैलुड् अनलाईन लगायतका मेडिया पार्टनर रहेको छ । साथै सोहि दिन “सिनियरलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका नागोया भेट्रान र एन आर एन ए भेट्रान विच मैत्रीपूर्ण खेल समेत गरिने आयोजकले जनाएको छ ।

खेलको टाईसिट २०२१ जुलाई ७ तारिक साझ सम्म प्रकाशन गरिने कुरा एफ सि का क्यापटेन ईश्वर वस्नेतले वताऊनु भयो ।