शुक्रबार, चैत १६, २०८०

गण्डकीका खेलकुदमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारदेखि लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।