शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा थप ३७४९ मा कोरोना पुष्टि,५ हजार २९३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९०१ पीसीआर परीक्षणमा २ हजार ८७४ जनामा र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । क्वारेन्टाइनमा ६१६ जना छन् भने आइसोलेसनमा ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।