शुक्रबार, चैत १६, २०८०

युवा विशेष : नयाँ प्रयोग खोजौं

मदन चापागाई
तमाम युवाहरूको साझा उदेश्य एउटै भएता पनि एउटै बाटो बाट उदेश्य सम्म पुग्न कोषिस गर्न नसक्नु दुखद हो । त्यसैले युवा मित्रहरू हामी साच्चिकै सुसंस्कृत राजनीति प्रणाली, जनताको सेवामा समर्पण गर्ने नैतिकवान नेतृत्व चाहन्छौ भने अब हामीले अहिलेसम्म बारम्बार प्रयोग भईसकेका र अब जति सफा गरे पनि पुन प्रयोग हुनै नसक्ने तर पनि मृत्युपर्यन्त सत्तामा टास्सीन खोज्ने साशकहरूलाई सम्मानजनक रूपममा विदा गर्न तयार बन्नै पर्छ ।
राजतन्त्र होस या गणतन्त्र ३-४ दशक देखि निश्चित पात्र कै चक्रव्यूहमा हामी फसिरेका छौ । तात्त्विक फरक पाउन सकेका छैनौ, बरू अझै डरलाग्दो प्रवृति पो हावि हुने हो कि भन्ने संका मा छौ । कसैले कसैलाई नमान्ने अराजकता हाबी बन्दैछ ।
गम्भिर भएर मुल्यंकन गरौ त यि निश्चित पात्रहरूले दोहोनको राजनीति बाहेक केहि गरेका छन त? भ्रष्ट कर्मचारीतन्त्र संगको मिलेमतोमा लुट मच्चाई रहेका छन , पारदर्शिता छैन , नैतिकता छैन ,अनेकन गैह्रकानुनि काम गरिरहेका छन । ईमान्दार हरूलाई गलत्याईरहेका छन तर पनि हामी आँखा चिम्लेर सपोर्ट नै गर्दैछौ ।

तर अब उपरोक्त कारणबाट हामिले यिनको पछि लाग्न छाड्नै पर्छ । सबै युवा एक बन्न पर्छ । नवीनता लाई रोज्नै पर्छ र फरक व्यवस्था सहित युवा नेतृत्वमा आउनै पर्छ ।
हो अब सबै भन्दा पहिले युवा तिम्रो र मेरो आँखा खुल्न पर्छ । कालो र सेतो छुट्याउन सक्ने वा ठिक र बेठिक छुट्याउन सक्ने आफ्नै चस्मा लगाउन पर्छ ।
सानो खुसि र सानो फाईदा वा कतै जागिर पाउने आषामा आज आँखा चिम्लेर समर्थन गर्दैछौ , छाडौ अब क्षणिक स्वार्थ । अब पनि हामी भदौको गोरू झै बन्ने हो भने यो भन्दा ठुलो गल्ति केहि हुदैन। हाम्रा सन्ततिले धिक्कार्ने छन । त्यसैले हामीले सहास गर्नै पर्छ ।

खर्चिलो भड्किलो निर्वाचन प्रणाली,असफल संसदीय व्यवस्था खारेजको लागि आवाज उठाउन वा लड्न तयार बन्न पर्छ र जनताद्वारा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख चुन्ने प्रणाली रोज्नै पर्छ । नयाँ प्रयोग रोज्नै पर्छ ।