शुक्रबार, बैशाख ०७, २०८१

सामाजिक सञ्जाल सगुनको सेयर बिक्री सुरु

काठमाडौं– गैरआवासीय नेपाली (एनआरएन)ले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगुनले सेयर बिक्री सुरु गरेको छ । अमेरिकाको धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि सगुनले बिहीबारबाट सेयर बिक्री खुला गरेको जनाएको छ । करिब दुई करोड रुपैयाँ २ करोड डलर संकलन गर्ने उद्देश्यले सगुनले अनलाइन प्रणालीमार्फत सेयर बिक्री खुला गरेको हो ।
सगुनले अमेरिकाको ‘जब्स एक्ट–२०१२’ अनुसार ग श्रेणीको आठ लाख ६९ हजार ५ सय ६५ कित्ता साधारण शेयर प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको जनाएको छ ।

बिहीबारदेखि विश्वभर रहेका गैर आवासीय नेपालीसहित जुनसुकै मुलुकका नागरिकले लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । ‘लगानीकर्ता हुन कम्तीमा १३ कित्ता सेयरको लागि २ सय ९९ डलर लगानी गर्नुपर्दछ,’ सगुनका संस्थापक गोविन्द गिरीले जारीगरेको विज्ञप्तिमा उल्लेख छ । ‘सगुनमा लगानीकर्ताले ठूलो प्रतिफल पाउने सम्भाबना उच्च छ,’ गिरीले भने भने, ‘सगुनमा लगानी गरेर वित्तीय फाइदा लिने अवसर हो ।’

‘सगुनबाट हुने वित्तीय फाइदाबाट अब सर्वसाधारण पनि लाभान्वित हुन सक्ने छन्’ उनले भने ‘अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधानअनुसार सकारात्मक प्रभाव पार्न सक्षम भएका छौँ।’

विदेशमा रहेका एनआरएनले सेयर किन्नको लागिसगुनको वेवसाइट www.sagoon.com/invest मार्फत सेयर भर्न सक्नेछन् । लगानीकर्ताले फारम भरेपछि प्राप्त हुने इमेललाई आफ्नो खाता भएको बैंकमा लगेर सगुनको खातामा रकमान्तर गर्न सक्नेछ । त्यस्तै फारम भर्न समस्या भएमा सगुनको लाइभ हेल्प सेन्टरबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

जसले पहिला लगानी ग¥यो उ सगुनको लगानीकर्ता हुने काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा सगुनका नेपाल प्रतिनीधि अजयबाबु सिवाकोटीले बताए । ‘फस्ट कम फष्ट सर्भिज जस्तै जसले पहिला आवेदन दियो उसलेनै सेयर पाउँछ,’ उनले भने, ‘नेपालबाट लगानी गर्न नपाएपनि विदेशमा रहेका गैर आवासीय नेपालीलाई लगानीको उपयुक्त अवसर हो ।

सगुनले सेयर बिक्री सुरु गर्नुअघि लगानीको लागि विद्यमान वातावरण जान्नको लागि आह्वान गरेकोमा अमेरिका, क्यानाडा, भारत, बेलायत, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, युएइ, इजरायल लगायत मुलुका करिब चार हजार लगानीकर्ताले ७० लाख डलरभन्दाबढिलगानी गर्ने इच्छा जाहेर गरेका थिए ।

सगुनले केही समयमा ३० करोड रुपैयाँ लगानीमा नयाँ अध्ययन, अनुशन्धानको परियोजना र  मोवाइल एप्लिकेशन ल्याउने जनाएको छ ।  सगुन नाफामा गएपछि प्रयोगकर्तालाई पाँच प्रतिशत सेयर दिने जनाएको छ ।