शुक्रबार, चैत १६, २०८०

स्याङ्ग्जा समाज जापानको तेस्रो महाधिवेशन फेब्रुअरी १२ मा हुँदै

मुक्ति बाबु,जापान,२७ माघ । प्रवाशमा रहेर आफ्नो गाँउठाँउ र जन्मभुमिको मायालाई सम्झेर एक हुनु भनेको साच्चिकै खुशिको कुरा हो ।

घरपरिवारको मायालाई मनमा राखेर आफ्नो ठाँउको लागी सामाजिक काम गर्नुपर्छ भनि कामको व्यस्ततालाई थाती राखी लागिपर्नु साह्रै सह्रानिय कुरा हो । “एकता नै शक्ती हो” भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर अगाडी बढेको जापानबासी नेपालिहरुको माझमा सक्रीय संस्था स्याङ्ग्जा समाज जापानको तेस्रो महाधिवेशन १२ फेब्रुअरिमा टोकियोमा हुन गैरहेको छ ।

जापानका गतिविधी समेटिएको समाजले प्रकाशनमा ल्याउन लागेको स्मारिका पुस्तिकाको पनि एकैचोटी विमोचन गरिने अध्यक्ष जिवन न्यौपानेले जानकारी दिनुभयो । अहिले सदस्यता वितरणको काम र अधिवेशनको तयारी धमाधम भएकोले सबैलाई समाजमा आवध्द हुन आग्रह गरिएको छ । अधिवेशनलाई व्यवस्थित गर्न पिताम्बर चापागाँइको सम्योजकत्वमा भिम न्यौपाने र दिनेश गुरुङ्ग सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको छ । सङ्गठन ठुलो हुँदै गएको र आकांक्षीहरु बढी देखिएकोले कडा प्रतिस्पर्धा हुन सक्ने पिताम्बर चापागाँइ बताउनुहुन्छ ।

टोकियो इकेबुकुरोको गामबेशी दोहोरी साँझको हलमा बिहान ११ बजेदेखी कार्यक्रम हुने आयोजकले बताएको छ । अधिवेशनको निम्ती नागोया र फुकुओकाबाट पनि एक टोली आउने भएका छन ।