सोमबार, भदौ २४, २०८१

स्ववियु चुनावीको सरगमी बढ्यो ,एमाले अखिलमा क-कस्ले पाउँदै सभापतिको टिकट

काठमाडौं,२७ माघ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ सालपछि करिब आठ वर्षपछिको अन्तरालमा यही फागुन १४ मा हुने निश्चित भएपछि विद्यार्थी संगठनहरु यति वेला चुनावी दौरानमा छन् ।
विशेष गरि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन अहिले तिव्र प्रचार–प्रसारमा जुटेका छन् ।
अघिल्लो पटक २ सय १३ वटा क्याम्पसमा निर्वाचन हुँदा एक सय १२ वटा क्याम्पसमा सभापति जितेको अनेरास्ववियुले आफनो संगठनलाई बलियो बनाई राख्न जोड वलको साथ लागेको छ ।

अगामी निर्वाचनबाट आफ्नो संगठनलाई सबै भन्दा बलियो बनाउने उदेश्यसहित विद्यार्थी संगठनहरु विभिन्न क्याम्पसमा क्रियाशील पनि बनेका छन् । त्रिभुवन विश्व विद्यालयले स्ववियुमा उम्मेदवार बन्न उमेर हद २८ वर्ष तोकेपछि विगतका निर्वाचनमा जस्तो उम्मेदवारका लागि निकै प्रतिष्पर्धा नहुने देखिएको छ ।

त्यसो त सबै भन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुले केही कलेजहरुमा सभापतिको उम्मेदवार समेत तय गरिसकेको छ । अनेरास्ववियुका संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटीले सानो ठिमी क्याम्पसबाट र शंकरदेव क्याम्पसमा स्ववियु सभापपितको उम्मेदवार नै घोषणा गरिसकेको जानकारी दिए । अन्य क्याम्पसहरुमा पनि केही दिनमै उम्मेदवार घोषणा हुने उनको भनाइ छ । महेन्द्ररत्न क्याम्पस ताहाचल र पसुपति बहुमुखी क्याम्पसमा पनि सभापति लगभग निश्चित भएको छ । ताहाचलबाट कल्याण गौतम र पसुपति बहुमुखी क्याम्पसबाट एनके राईको निश्चित जस्तै भएको छ । उपत्यका बाहिरका क्याम्पसहरुमा पनि खासै विवाद नभएको अनेरास्ववियुले जानकारी दिएको छ ।

अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले यो पटकको स्ववियु निर्वाचनमा योग्यता, क्षमता र दक्षतालाई आधार मानेर उम्मेदवार चयन गर्ने जानकारी दिए । ‘हाम्रो अर्जुनदृष्टि नै निर्वाचन छ,’ उनले भने, ‘त्यसैले हामी अहिले महाधिवेशनको चर्चा होइन, स्ववियु निर्वाचनको मात्र चर्चा गर्छौ ।’ सचिव सुदेश पराजुलीले पनि त्यस्तै आसय व्यक्त गरेका छन् । ‘हामीले फागुन १४ गतेसम्मका लागि गुटको विश्राम गरेका छौँ,’ पराजुलीले भने, ‘स्ववियु निर्वाचनको इतिहास बचाउनका लागि पनि हामीले गुटको अन्त्य गर्नुको विकल्प छैन ।’ उनले हरेक क्याम्पसबाट गुटको होइन त्यहाँका विद्यार्थीका बीच लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने जानकारी दिए ।

अनेरास्ववियुले कुन कलेजबाट कसलाई सभापति बनाउँदै छ रु

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अहिले भर्ना नखुलेकाले केही समस्या भए पनि त्यहाँबाट बद्री खतिवडा, सुवास गौतम, सुष्मा पराजुली, प्रेम पाण्डे, मदनराज जोसीलगायतको चर्चा छ । जनमैत्री क्याम्पसबाट विशाल महतको चर्चा छ भने महेन्द्ररत्न क्याम्पस ताहचलबाट कल्याण गौतम एक्ला उम्मेदवार बनेका छन् ।

सरस्वती बहुमुखी क्याम्पसबाट शंकर गौतमको निश्चित जस्तै देखिएको छ । पब्लिक युथ क्याम्पसबाट प्रज्वल फुँयाल, रोहन विष्टलगायतको चर्चा छ । त्रिचन्द्र कलेजबाट संगम अर्याल, सन्दिप पोख्रेल, विरेन्द्र रावल, संञ्जिव धिताल, संगम अर्याललगायतको चर्चा छ । पद्मकन्या बहुमुखी क्याम्पसबाट विनिता काफ्ले, सोभा सापकोटा, बाल्मिकी क्याम्पसबाट बुद्धि दाहालको चर्चा छ । शंकरदेव क्याम्पसबाट प्रकाश भुजेल सभापतिका उम्मेदवार बनिसकेका छन् । आरआर क्याम्पसबाट अशोक थापा र तपेन्द्रजंग शाहीसँगै श्रीकृष्ण उप्रेतीको पनि चर्चा छ । विश्वभाषा क्याम्पसबाट विजय घिमिरे र तुपेन्द्र भट्टराईको चर्चा छ । ग्रामीण आदर्श कलेजबाट रेशम कुँबरको चर्चा छ । एनआर कलेजबाट विजय उप्रेती, युवराज श्रेष्ठलगायतको चर्चा छ ।

पसुपति बहुमुखी क्याम्पसबाट उत्तर खड्का र एन के राइको चर्चा छ । सानो ठिमी भक्तपुरबाट लालबाबु रोकाया उम्मेदवार बनिसकेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसबाट माधव अधिकारीको चर्चा छ । बानेश्वर बहुमुखी क्याम्पसबाट संगम खड्का, टिका सुवेदीको चर्चा छ भने मीनभवन क्याम्पसबाट बम रावल र विशाल रोक्काको चर्चा छ । पाटन संयुक्त क्याम्पसबाट सजिना थापा मगर, निरज सापकोटा र खगेन्द्र विष्टको चर्चा छ । महाराजगञ्ज नर्सिङ बहुमुखी क्याम्पसबाट अञ्चला रेग्मीको चर्चा छ । अमृत साइन्स कलेजबाट विशाल राणा मगर, गोपाल नेपाललगायतको चर्चा छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसबाट सुनिल तिवारी, पुल्चोक इन्जिनियरिङबाट सञ्जिव कार्कीलगायतको चर्चा छ । पीएन क्याम्पसबाट सरिता पुरी, आर्शिवाद रेग्मी, राजन शर्मा पराजुलीलगायतको चर्चा छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट गोकर्ण घिमिरेको चर्चा छ । बुटवल बहुमुखी क्याम्पसबाट शंकर घर्ती, नविन सारुको चर्चा छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा रवीन्द्र सुवेदी, ईश्वरी तामाङ, दिनेश ढकाललगायतको चर्चा छ । ६१ वटा आंगिक क्याम्पस मध्य अधिकांशमा उम्मेदवार चयन प्रक्रिया अघि बढेको अनेरास्ववियुले जानकारी दिएको छ । यस अघिको निर्वाचनमा अनेरास्ववियु पहिलो स्थानमा थियो भने नेविसंघ दोस्रो र क्रान्तिकारी तेस्रो स्थानमा थियो । पार्टी पहिलो शक्ति रहेका बेला समेत तेस्रो बनेको क्रान्तिकारीको माउ पार्टी अहिले तेस्रो स्थानमा छ । अ