शुक्रबार, बैशाख ०७, २०८१

कोरोनाविरुद्ध ‘खाने औषधि’ भारतमा बन्यो

काठमाडौँ । कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज लन्च (शुभारम्भ) गरिँदै छ। सोमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा। हर्षवर्द्धनले उक्त औषधि शुभारम्भ गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।भारतको रक्षा अनुसन्धान तथा विकास संगठन(डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएको हो । यो औषधि कोरोनािविरूद्ध खोपको सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएको छ ।नवभारत टाइम्सका अनुसार शुभारम्भछि एक(दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा। रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।

कोसिड( १९ को मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकिएको बताएको थियो । ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (म्ऋन्क्ष्) ले उक्त प्रयोगका लागि अनुमति प्रदान गरेको हो । कोरोनाका नयाँ केसहरुमा लगातार भएको वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो ।