बिहिबार, बैशाख ०६, २०८१

नेपालमा थप ७३१६ मा संक्रमण पुष्टि,६६४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १९ हजार ५ सय जनामा गरिएको पीसीआर परीक्षणमा थप ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

होम आइसोलेशनमा १ लाख २ हजार ४५५ र संस्थागत आइसोलेशनमा ७,८०८ जना रहेका छन्। अहिले देशभर आईसीयूमा १,३१३ जना र भेन्टिलेटरमा ३८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।