मङ्गलबार, बैशाख ११, २०८१

कोरोना संक्रमण बढेसँगै मनाङमा २२ जना विदेशी पर्यटक अलपत्र

नवीन लामिछाने रासस,मनाङ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण बढे सँगै मनाङमा बिदेशी पर्यटक अलपत्र परेका छन् । बर्षौ दिन देखी सुनसन रहेको अन्नपुर्ण पदमार्गमा केहि सहज भएपछि आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की, हुम्डे र पिसाङ लगायतका गाउँहरुमा बसोबास गर्दै आएका स्थानीय राम गुरुङले जनाकारी दिए ।

अहिले नयाँ भेरियन्ट सहितको कोरोना देखिन थालेपछि गाउँहरु शिलजस्तै भएका छन् । विश्वकै १० औं नम्बरमा रहेको पर्यटकिय गन्तव्य अन्नपुर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिसहरु होटल व्यवसाय बन्द गरेर घर भित्रनै रहेका छन् । गत मंगलबारको पिसिआर रिपोट अनुसार एक जना विदेशी नागारिक सहित जिल्लाभर २८ जनाको कोरोना संक्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना संक्रमित ४४ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मनाङले जनाएको छ ।

जिल्लाका दुइवटा गाउँपालिकामा मात्र संक्रमित भेटिएका छन् जसमध्ये चामे गाउँपालिकामा ७ जना र मनाङ ङिस्याङ गाउँपालिकामा ३७ जना संक्रमित रहेका छन् । मनाङमा रहेका बिदेशी नागारिकहरु मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना, खाङ्सार तिलिचो बेसक्याम्पमा ४जना, ङावोल गाउँमा ३ जना र पिसाङ गाउँमा १ जना गरी जम्मा २२ जना बिदेशी पर्यटक जिल्लामा रहेका अन्नपुर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जनाकारी दिए ।

उनका अनुसार बैशाख महिनामा १ सय ४४ जना पुरुष र ९७ जना महिला गरी २ सय ४१ जना बिदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १ सय ९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपुर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । नेदरलेन्डका नागारिक संक्रमित भेटिएपछि मात्र जिल्ला प्रसासनले जिल्ला भित्र रहेका बिदेशी पर्यटकको खोजि गर्न थालेको छ ।

अन्नपुरर्ण संरक्षण क्षेत्र मनाङमा तथ्याङक रहने भएपनि कुन ठाउँमा कति पर्यटक छन् भन्ने आधिकारीक तथ्याङक नभएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद लामिछानेले बताए । उनका अनुसार बिदेशी नागारीकहरु अन्नपुर्ण क्षेत्रमा रहेका चेक पोष्टमा परमिट दर्तागरेर आउने हुदाँ हामिकोमा कुनै तथ्याङक हुदैन । हामिले अहिले तथ्याङक खोजीरहेका छौं उनले भने ।

त्यस्तै अन्नपुर्ण संरक्षण क्षेत्र मनाङले तथ्याङक संकलन गर्दै गरेको र कुन पर्यटक कुनठाउँमा बसेका छन् खोजी कार्य भइरहेको जनाएको छ । अहिले कोरोना हटस्पोट जस्तै बनेको मनाङमा रहेका बिदेशी नागारिक अलपत्र परेको जानकारी सँगै जिल्ला प्रसासन मनाङले तथ्याङक संकलन गद्ेै उनीहरुको इच्छा अनुसार चाहेको ठाउँमा पठाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनका अनुसार १ जान नेदरलेन्डका नागारीक संक्रमित भएको र उनलाइ हेली चार्टर गरी काठामान्डौ पुराइएको छ भने अरु यहाँ सकुसल रहेको पनि जानकारी दिएका छन् ।

मनाङमा रहेकाहरु प्रायगरी युरोपिएन नागरिक छन् । दुइ जना भारतिय नागारिक, ३ जना इजरायली अरु फ्रान्स, नेदरलेन्ड र ब्रिटिसका नागारिक रहेको अन्नपुर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठुला शहरहरुमा भयावह स्थीती आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका बिभिन्न गाउँमा बसिरहेका छन् ।