बिहिबार, असोज २४, २०८१

टोकियोमा हुने सोनाम ल्होछारको प्रचार तिब्र

चसिला तामाङ,२५ माघ,जापान । तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज जापानले फेब्रवरी १९ मा गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा पुगेको र यसको लागि आवश्याक सम्पूर्ण ब्यबस्था गरीसकेको समाजको अध्यक्ष कर्म वाङगेल लामाले बताउनु भएको छ ।
२८५२ टे(प्रे)ल्होलाई बिदाइ गर्दै २५५३औ ज्या ल्हो(चरा र बर्ग्)लाई स्वागत गर्दै रमझमका साथ मनाईने ल्होछार(नयाँ बर्ष)मा सुख, शान्ति, समृद्दी, सु-स्वास्थ्य एब दीर्घायुको कामना गरी बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रमको लागि नेपालबाट चर्चीत गायक तथा संगीतकार चन्द्र कुमार दोङ,गायिका निर्मला घिसिङ र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने सो कार्यक्रम सभ्य एवम भब्य बनाउनका लागि उप समिति समेत गठन गरिएको सचिब हिमाल लामाले बताउनु भयो ।
जसअनुसार प्रचार प्रसार संयोजक- कुमार मोक्तान, स्वयं सेबक संयोजक- तारा तामाङ, मंच ब्यबस्थापन संयोजक- संजीब स्याङतान, टिकट ब्यबस्थापन संयोजक- धर्म लामा, अतिथि सत्कार संयोजक- अस्मिता वाईबा, अतिथि ब्यबस्थापन(कार्यक्रम) संयोजक- मेख ब. लामा, साउन्ड सिस्टम संयोजक- रेशम तामाङ र नबिन लामा अनि सांस्कृतिक संयोजक- पासाङ लामा रहेको छ ।IMG_8636
टोक्योको इता इताबासी कुमीङ सेन्टर हलमा हुने उक्त सांस्कृतिक कार्यक्रममा भब्यताका साथ मनाउने हुँदा सम्पुर्ण जापानको राजधानी टोक्यो लागायत आसपास बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ दीदीबहिनीहरूलाई कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाईदिनु र थप रौनक बढाई दिनुहुन आयोजक संस्थाले आग्रह पनि गरेको छ । साथै उक्त बिशेष कार्यक्रम नेपालको धुलिखेल स्थित रेडियो नमोबुद्ध एफ. एम. १०६.७ मेगाहर्ज र www.radionamobuddha.org मार्फत प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ ।
प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष बाँदर वर्गलाई विदाइ गरी चरा वा ज्या वर्गलाई स्वागत गरिँदैछ । तामाङ समुदायलाई हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सरकाले २०५१ सालदेखि सार्वजानिक विदा दिदै आएको छ । यो वर्ष सोनाम ल्होछार माघ १५ गते परेको थियो । नेपलमा बिबिध कार्यक्रम गरी मनाईसकेको छन भने बिदेशमा अझै पनि बिबिध कार्यक्रम गरी मनाउदै आईरहेको छ यसैक्रममा नेपाल तामाङ समाज,जापानले फ़ेब्रुअरी १९ मा बृहत् सांस्कृतिक कार्यक्रम गरी मनाउन लागेको हो ।