शुक्रबार, बैशाख ०७, २०८१

इंग्लिस प्रिमियर लिगमा सिटीको रोमाञ्चक जित

ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । न्यु क्यासल युनाईटेडलाई ४–३ गोल अन्तरले हराउदै लिग च्याम्पियन सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको हो ।

न्यु क्यासलको मैदानमा सिटीलाई जिताउन फेरान टोरेसले ह्याट्रिक गरे । अर्को गोल जोआ कान्सेलोको नाममा रह्यो ।खेलमा अग्रता भने खेलको २५ औ मिनेटमा ईमिल क्राफ्थको गोलमा न्यु क्यासलले लिएको थियो । ३९ औ मिनेटमा कान्सेलोले गेल गर्दै सिटीलाई बराबरीम पुर्याए । ४२ औ मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २–१ को अवस्थामा पुर्याएका थिए । पहिलो हाफको ईन्ज्युरी समयमा जोलिन्टनले पेनाल्टिमार्फत गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको सुरुवातमै न्युक्यासलले गोल गर्दै खेलमा दोस्रो पटक अग्रता बनायो । ६२ औ मिनेटमा जोए विललकले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाए । त्यसको २ मिनेटपछि टोरेसले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटी बराबरीमा पुग्यो । ६६ औ मिनेटमा टोरेसले ह्याट्रिक पुरा गर्दै टोलीलाई जित दिलाए ।

खेलमा अधिकांश समय न्यु कयासललाई दबावमा राखेको सिटीले थप आधा दर्जन अवसर खेर फालेको थियो । ३६ खेलबाट सिटीको ८३ अंक भएको छ । न्युक्यासल ३९ अंकमा तालिकाको १६ औ स्थानमा छ । सिटीले यसअघि नै लिगको उपाधि आफ्नो नाममा राखिसकेको छ ।