बिहिबार, बैशाख ०६, २०८१

शुक्रबार ‘इद’ मनाइँदै

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाउने तयारीमा जुटेका छन्। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ। यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजाउपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ। नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो।
खाडी मुलुकमा आज ‘इद’ धुमधामसँग मनाएको छ ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन्। साउदी अरबको जेद्धामा नेश्नल बिस्कुट उद्योगमा काम गर्ने नेपाली युवा मोहम्मद कादिरले आज बिहान हामी कोरोना महामारीको सङ्घारमा मास्क लगाएर एक मिटरको दूरी कायम गरेर अल्लाहको प्रार्थाना गरे र नेपालमा पनि यो महामारीबाट बच्न र बचाउन स्वास्थ्य आचार संहिता पालना गरेर इद उल फित्तर मनाउन आग्रह गरेका छन। यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन्।