ओली-नेपाल ४ घण्टा वार्ता : कार्यदल बनाउने सहमति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, राजीनामा दुई चार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।

करिब ४ घण्टा वार्तापछि नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भएको बताएका छन् ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: