शुक्रबार, बैशाख ०७, २०८१

सेयर ब्रोकर र मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डको ६ बुँदे निर्देशन

काठमाडौं । कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ। बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ।
कोरोना महामारीका कारण समस्यामा परेका साना लगानीकर्ताहरुलाई सेयर बिक्री गरेको रकम उनीहरुको माग बमोजिम आवश्यकता अनुसारको रकम सम्भव भएसम्म तत्कालै उपलब्ध गराउन समेत ब्रोकरलाई बोर्डले निर्देशन दिएको छ ।