एमालेका नेता पशुपति चौलागाईको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ ।

चार दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका चौलागाईको मंगलवार साँझ निधन भएका छन् । वागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाई एमालेका प्रभावशाली नेता थिए ।

युवा संघका पूर्व अध्यक्ष चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: