शनिबार, बैशाख ०८, २०८१

जापानमा कोरोना संक्रमितको संख्या ६ लाख ५३ हजार नाघ्यो, ११ हजार बढीको मृत्यु

टोकियो । जापानमा कोरोना भाइरस संक्रमितको संख्यामा हालसम्म ६ लाख ५३ हजार ५ सय ६८ पुगेको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सक्रिय संक्रमित मात्र नभई गम्भिर बिरामीको संख्या र दैनिक मृतकको संख्या समेत निरन्तर उकालो लागिरहेको छ ।

मे ११ तारिख मंगलबारसम्मको विवरण अनुसार जापानभर सक्रिय कोभिड १९ भाइरस संक्रमितको संख्या ७७ हजार ६ सय ७७ पुगेको छ । मंगलबार देशभर १०९ जनाको निधन भएको छ भने ६१ सय ६० नयाँ बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका ४७ वटै प्रान्तमा नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

तथ्यांक अनुसार जापानमा हालसम्म संक्रमितको संख्या ६ लाख ५३ हजार ५ सय ६८ पुगेको छ । संक्रमित मध्ये ११ हजार १ सय ४ जनाको निधन भइसकेको छ । अन्य विवरण तर्फ देशभरका अस्पतालमा उपचाररत ११ सय ७६ जना गम्भिर अवस्थामा पुगेका छन् ।

कुल कोरोनाका संक्रमित मध्ये ५ लाख ६४ हजार व्यक्ति भने उपचार पश्चात निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।