बिहिबार, बैशाख १३, २०८१

अन्ततः गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री !

कास्की । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा बन्ने नयाँ सरकारमा नजाने भएका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग मिलेर वर्तमान सरकार हटाएर नयाँ सरकार बनाउन उनले अस्विकार गरेका छन् ।

यदि, सांसद थापाले अन्तिम घडीसम्म सरकार गठनमा साँच्चिकै जान अस्विकार गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमा पुनर्बहाली हुन लागेको देखिएको छ ।
मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिइसकेका छन् । र, प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई हटाउन असफल भएको छ ।

६० सदस्यीय रहेको हाल गण्डकी प्रदेशमा राजमोका ३ जना सांसद छन् । त्यस्तै, कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद रहेका छन् । बहुमत पुर्याउन ३१ सांसदको आवश्यक्ता पर्दछ ।
अघिल्लो पटक बिरामी परेर मतदानमा अनुपस्थित भएका राजमोका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भएका छन् । तर, अहिले आएर थापा बाधा भए पछि नयाँ सरकार गठन गर्न असम्भव देखिएको छ ।

मुख्यमन्त्री गुरुङका ठाउँमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन लागिएको थियो । तर, सांसद थापाका कारण उक्त प्रयास असफल हुन लागेको हो ।