मङ्गलबार, बैशाख ०४, २०८१

नेपालमा थप ९१२७ मा कोरोना संक्रमण,४००७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ । क्वारेन्टाइनमा ४२७ जना रहेका छन् भने आइसोलेसनमा ९३१४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।