शनिबार, बैशाख ०८, २०८१

गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा दिपक कार्कीको उम्मेदवारी

नायोया । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा दिपक कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जापानको नागोयामा ब्यवसायी गर्दै आउनु भएका कार्की म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष समेत रहनु भएको छ ।
वर्तमान एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्षसमेत रहनु भएका कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एनआरएनए एनसिसी जापानमा २००७ मा आबद्ध भएर सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएको कार्कीले नायोया क्षेत्रको क्षेत्रीय संयोजक हुँदा धेरै सुधारहरु गर्न सफल हुनुभएको थियो । एनआरएनए जापानका सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न सफल कार्की सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । साथै टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्न पनि उहाँको योगदान छ ।
नेपाल फेस्टिबल जस्ता कार्यक्रम आयोजना गर्दै कार्कीले नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न सफल र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय कार्कीले साथीभाईको सल्लाह- सुझावको आधारमा एनआरएनए जापानको अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिएको बताउनुभयो ।

विगत १७ वर्षदेखि जापानमा बस्दै आउनुभएको कार्की एक सफल ब्यवसायी समेत हुनुहुन्छ । उहाँको जापानमा ३ वटा रेष्टुरेन्ट छन भने अन्य विभिन्न क्षेत्रमा पनि लगानी छ ।
एनआरएनए जापानमा काम गरेको अनुभव, संस्थाालाई नजिकसँग बुझेको र सामाजीक क्षेत्रमा पनि सक्रिय भएको नाताले एनसिसीको नेतृत्व गर्न सक्षम रहेकोले पनि आफू अगाडि बढेको जानकारी गराउनुभयो ।

जापानमा कार्की एक सफल ब्यवसायी समेत हुनुहुन्छ । उहाँको जापानमा ३ वटा रेष्टुरेन्ट छन भने अन्य विभिन्न क्षेत्रमा पनि लगानी छ । एनआरएनए जापानले आगमी कार्यकाल (२०२१ -२०२३)का लागि चुनाव आगामी २७ जुलाईमा हुँदैछ ।