बिहिबार, बैशाख १३, २०८१

जापानबाट मातृभूमि नेपालमा आवश्यक सामग्री पठाउने, आर्थिक संकलन सुरु

दुर्गाप्रसाद आचार्य, टोकियो । जापानबाट भवन भट्टको संयोजनमा “मातृभूमिका लागि कोभिड १९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान” को बैठक अन्लाईनको माध्यमबाट सम्पन गरेको छ ।
९ मे २०२१ को दिन समितिका संयोजक भवन भट्टको अध्यक्षतामा विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ ।

निर्णय नं १) बैठकले “मातृभूमिका लागी COVID 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान” को समितिलाई पूर्णता दिनेक्रममा समितिको उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष एनआरएनए आइसीसी ), गोबिन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उप संयोजक) र देविलाल भण्डारी (अध्यक्ष एनआरएनए जापान ) र एनआरएनए जापानका महासचिव समितिको सदस्य सचिवमा चयन गरेको छ । साथै समितिको सदस्यमा जापान स्थित एनआरएनए आइसीसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसीसी जापानका पुर्व अध्यक्ष, पत्रकार महासंघ, बिभिन्न राजनैतिक दलका भातृ संस्था प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहने व्यवस्था गरेको छ ।
एनसीसी जापानको वर्तमान कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु कार्यसमितिमा आफुले पाएको जिम्मेवारी सरहनै समितिलाई सहयोग गर्न सक्ने छन् ।

निर्णय नं २) विश्वभरनै महामारीको रुपमा फैलिएको COVID -19 ले हार्मो मातृभूमि नेपालपनि अछुतो रहन सकेन। र हालैका दिनमा यसो संक्रमण ब्यापकरुपमा बढी रहेको र नेपाल सरकारले पनि बिभिन्न देशमा रहेका दूतावास मार्फत सहयोगको अपिल गरीरहेको अवस्थामा जापान बाट पनि दूतावास, एनआरएनए र विभिन्न संघ संस्थाहरुको सहकार्यमा आर्थिक संकलन गरी सरकार बाट अनुरोध गरीएका आवस्यक बस्तु हरु छिटो भन्दा छिटो पठाउने निर्णय गरियो।

निर्णय नं ३) समितिले कुनै एउटा नारा अथवा स्लोगान तयार गरी जापानवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरुलाई आफु सक्दो सहयोग गर्नको निम्ति एउटा ब्यापक अभियानको सुरु गर्ने निर्णय गरेको छ। साथै सहयोग रकम संकलनको निम्ति छिटो छरितो र भरपर्दो माद्यमको तय गर्ने पनि निर्णय गरेकोछ।

साथै आजैको वैठकमा सहयोग संकलनको सुरुवात गरीएकोछ जुननिम्न अनुसार रहेकोछ।

१) भवन भट्ट : १० लाख येन
२) एनआरएनए जापान : ३ लाख येन
३) एनबिए जापान : १ लाख येन
४) मोना जापान : ५० हजार येन
५) दोलखा समाज जापान ५ मान येन

साथै बैठकमा सहभागी सबैले आफ्नो तर्फा बाट तथा सम्बन्धित संस्थाको तर्फा बाट सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।