कोरोनाको भ्याक्सिन खरिदमा अवरोध गर्नु मानवता विरोधी कार्य : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवता विरोधी कार्य र अपराध भएको बताएका छन् ।

आइतबार कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि अपील जारी गर्दै वरिष्ठ नेता नेपालले सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न गरेका छन् ।

अपीलमा भनिएको छ, ‘साथै कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु । कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु ।’

देशभरका अस्पतालहरुमा अक्सिजन र शैया अभावका कारण भयावह अवस्था सिर्जना भएको, कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गरेको भन्दै नेता नेपालले यसबाट जनमानसमा आक्रोश बढिरहेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न, नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: