शनिबार, बैशाख ०८, २०८१

एमालेद्वारा प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिन ह्वीप जारी

काठमाडौँ । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । पार्टीका मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार आइतबार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।