शनिबार, बैशाख ०८, २०८१

कोभिड संक्रमित सांसदले मतदान गर्न पाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत सम्बन्धी प्रस्तावमा कोरोनाभाइरस संक्रमित सांसदले पनि मतदान गर्न पाउने भएका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदलाई पनि व्यवस्थित तरिकाले मतदानमा भाग लिन पाउने निर्णय गरेको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ‘संक्रमण भएका सांसदहरुलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

संसद् सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भानुभक्त ढकाल, जुली महतो, रघुवीर महासेठ, लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, महेश बस्नेत, दीपकप्रकाश भट्ट, वीना मगर, नरमाया ढकाल लगायत २७ सांसद संक्रमित छन् । सोमबार विश्वासको मत लिने प्रयोजनका लागि संसद् अधिवेशन आह्वान गरिएको छ।