शुक्रबार, चैत १६, २०८०

नेपालमा थप ९०२३ मा कोरोना पुष्टि,५० को मृत्यु,२९०५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९०२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९०२३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ गरी उपत्यकामा ४१०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७७६०३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २९०५जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २९५३९५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ ।

क्वारेन्टाइनमा ३८० जना छन् भने आइसोलेसनमा ७८६२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।