बिहिबार, बैशाख ०६, २०८१

कोरोनाको तेस्रो लहरका लागि तयारी गर्न भारतलाई सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले कोरोनाको तेस्रो लहरको लागि तयारी गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डीवाई चन्द्रचूड र एमआर शाहको इजलासले सही तरिकाले तयारी भएको खण्डमा तेस्रो लहरसँग जुध्न सकिने बताएको छ । वैज्ञानिकहरू भारतमा कोरोनाको तेस्रो लहर पनि आउने र त्यसले बच्चालाई पनि प्रभावित गर्ने बताउँदै आएका छन् । इजलासले तेस्रो लहरसँग लड्ने तयारी गरिएको खण्डमा क्षति कम गर्न सकिने बताइएको छ ।

अदालतले आदेशमा भनेको छ, ‘वैज्ञानिकहरूका अनुसकार कोरोनाको तेस्रो लहर पनि आउँछ, जसले बच्चालाई पनि प्रभावित बनाउँछ । बच्चा अस्पतालमा भर्ना गर्दा बुवा–आमा पनि सँगै हुन्छन् । त्यसकारण बच्चाहरूको लागि पनि खोप लगाउनु आवश्यक हुन्छ । यसको लागि वैज्ञानिक तरिकाबाट तयारी र उचित प्रबन्ध गर्न आवश्यक छ ।’

साथै अदालतले पिजीको तयारीमा रहेका विद्यार्थीहरूलाई पनि कोरोनाको तेस्रो लहरमा समावेश गरेर स्वास्थ्यसेवा दिन सकिने बताएको छ । उनीहरूको सेवा तेस्रो लहरको लड्नका लागि महत्त्वपूर्ण हुनसक्छ । भारतमा पिजी कोर्सको तयारी गरिरहेका १ लाख ५० हजार डाक्टर र २ लाख ५० हजार नर्सहरू छन् ।