शुक्रबार, चैत १६, २०८०

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि सोमबार मतदान हुने

पोखरा । गण्डकी प्रदेश सभाको बैठक २७ वैशाखमा बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काले जानकारी दिए । अब सोही दिन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।

यसअघि बैठक राख्नेबारेमा सहमति जुट्न नसकेको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि करिब ४ घन्टाको बसेको थियो । सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । वैशाख १५ गते अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो ।

तर, मतदानकै दिन जनमोर्चा सांसद बेपत्ता भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले उनको खोजी गरिपाऊँ भन्दै निवेदन दिएकी थिइन् । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले सभाको बैठक अनिश्चित कालका लागि स्थगन गरेका थिए ।