बुधबार, बैशाख १२, २०८१

थप ८९७० मा कोरोना पुष्टि,उपत्यकामा मात्रै झण्डै ४ हजार संक्रमित,५४ को मृत्यु

काठमाडौं । नेपालमा थप ८९७० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २१ हजार १४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९७० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौंमा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ गरी उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८०  पुगेको छ ।  यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।

यस्तै बिहिबार २ हजार ७०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा बिहिबार ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५२९ रहेको छ ।