शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु,८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार सय भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ । काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  एकै दिन मृत्यु हुनेको संख्या पनि हालसम्मकै उच्च हो ।पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन् ।यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।