‘जालझेल,तिगडम र षड्यन्त्रमा अहोरात्र व्यस्त प्रमले नागरिकको जीवन–रक्षामा ध्यान दिन कसरी पो सकुन् र बरा !’

काठमाडौं । लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले कोभिड महामारी नियन्त्रणमा प्रधानमन्त्रीको ध्यान नगएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत संग्रौलाले प्रधानमन्त्रीको ध्यान नागरिकको ज्यान जोगाउनेतर्फ जानुपर्नेमा सत्ता जोगाउने षड्यन्त्रमा लागेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘संक्रमण दर ४३.०३ प्रतिशत र दैनिक मृत्यु ५५ पुग्यो । कार्यकारी ओली सर आफ्ना संघ र प्रदेश सरकार जोगाउन जालझेल, तिगडम र षड्यन्त्रमा अहोरात्र व्यस्त र मगनमस्त छन् । महाव्याधी नियन्त्रणका जुक्ति र नागरिकहरूको जीवन–रक्षामा ध्यान दिन कसरी पो सकुन् र बरा !’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: