शुक्रबार, बैशाख ०७, २०८१

जापानबाट सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित…)

टोकियो ।जापानमा नेपाली गीत संगीतको क्षेत्र चर्चित लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको ‘देउता जस्तै जस्तै पुज्ने खालीकी छौँ’ गित युट्युवबाट सार्वजनिक गरिएको छ ।

तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको शहर फुकुओकामा बस्दै आएका सिग्देलले लोक दोहोरी गित देउता जस्तै पुज्ने खालीकी छौँ गित उनको आफ्नै युट्युवबाट सार्वजनिक गरेको हो ।

विदेशमैँ बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम देउता जस्तै पुज्ने खालीकी छौँ मा थेगो उनको आफ्नै रहेको छ भने शब्द पुरुषोत्तम सिग्देल र लय भने सुर्य खड्काको रहेको छ । सो गितमा आवाजमा गायक स्वयं सिग्देलको र सुनिता बुढा क्षेत्रीको रहेको छ ।

सो गितको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक प्रकाश भट्ट बनाएका हुन् । सो गितमा अभिनय ओवी रायमाझी र गीता ढुंगानाको रहेको छ भने सम्पादन विष्णु शर्माले गरेको हुन् । उक्त भिडियो निर्माण भने साई भिजन प्रालिले गरेको हो ।

गितको पुरा म्युजिक भिडियो