शुक्रबार, बैशाख ०७, २०८१

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको कार्यकाल तीन महिना थप

काठमार्डौ । सरकारले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको कार्यकाल तिन महिना थपेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत राणाको समय तीन महिना थप्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनु भएको छ । राजदूत राणा २०७४ असारमा तत्कालीन राप्रपाको कोटाबाट राजदूत बन्नु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाए पनि राजदूत राणालाई बोलाएका थिएनन् ।
राजदूत राणाले मातृ सन्देश डट कम सँग संक्षिप्त प्रतिक्रिया दिनु हुँदै सरकारले मेरो कामको मुल्याकंन गरेकोमा धन्यावाद दिनु भयो ।

माओवादी कोटामा राजदूत बनेका अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई भने सरकारले फिर्ता बोलाएको छ ।