शुक्रबार, बैशाख ०७, २०८१

नक्कली समाचार फैलाएको आरोपमा जापानी पत्रकारलाई म्यानमारमा मुद्दा चलान

एजेन्सी । जापानी पत्रकारलाई म्यानमारको सैनिक सरकारले नक्कली समाचार फैलाएको आरोपमा मुद्दा चलाएको छ ।

म्यानमारको जापानी दूतावासका अनुसार जापानी पत्रकारलाई सोमबार नक्कली समाचार फैलाएको आरोप लगाइएको थियो । किताजुमी युकीलाई गत महिना म्यानमारको सेनाले पक्राउ गरेको थियो ।

दूतावासका अधिकारीहरूले भनेको छ किताजुमीलाई नागरिकहरूमा चिन्ता बढाउने र गलत सूचना फैलाएको आरोप लगाइएको छ।

किताजुमीलाई अप्रिल १८ मा सुरक्षा बलले यांगुनको उनको घरबाट लगेका थिए । उनलाई शहरको एउटा जेलमा राखिएको छ। अब उनी आफुमाथी लागेको मुद्दा बिरुद्ध खडा हुने अपेक्षा गरिएको छ र चिन्ता व्यक्त गरिएको छ कि उनको नजरबन्द लामो हुन सक्छ ।

जापानी दूतावासका अधिकारीहरूले म्यानमारका अधिकारीहरूलाई उनलाई रिहा गर्न अनुरोध गर्दै अदालतको कामकाजमा सहयोग पुर्‍याउने बताएका छन् ।

अधिकारीहरूले दूतावासलाई सोमबार किताजुमीले कुनै पनि स्वास्थ्य समस्या नरहेको जानकारी गराएका छन् । तर किताजुमीलाई व्यक्तिगत रूपमा भेट गर्नलाई कसैलाईपनि अनुमति दिइएको छैन ।

किताजुमीले जापानका मिडिया आउटलेटका लागि म्यानमारमा भइरहेको सैनिक सरकार विरोधी प्रदर्शनलाई समेटेर समाचार पठाउँदै आएका थिए । उनले सामाजिक मिडियामा लेख र भिडियो समेत पोष्ट गर्दै आएका थिए ।